जनकपुरधाम : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले मधेस प्रदेशमा कांग्रेसलाई बलियो बनाउने गरी काम गर्न आग्रह गर्नुभएको छ ।

आज जनकपुरधामको श्री महाविर युवा किमिटिका कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पदभार, सपथ ग्रहण र प्रमाणपत्र वितरणको अवसरमा नेता निधिले मधेसमा पहिले जस्तै कांग्रेसलाई बलियो बनाउन सबै जु्ट्नुपर्ने बताउनुभयो । उहाँले सङ्घीयता बलियो बनाउनुपर्ने भन्दै प्रदेशमा अधिकार प्रत्यायोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा निर्वाचन अधिकृत राकेशविक्रम साहले कमिटीका नवनिर्वाचित अध्यक्ष अजय गुप्ता नेतृत्वको ११ सदस्यीय पदाधिकारी र सदस्यलाई सपथ गराउनुभएको थियो ।

२०८० भाद्र १०, आईतवार ०८:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय