
जनकपुरधाम : ऐतिहासिक तथा धार्मिक महत्व बोकेका रामजानकी विवाह पञ्चमी महोत्सवमा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुरधामले निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवमा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयद्वारा श्रद्धालु भक्तजनहरुलाई प्राथमिक उपचार देखि अन्य उपचार सेवा दिएको हो ।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुरधामद्वारा सञ्चालित निः शुल्क स्वास्थ्य शिविर हजार जना भन्दा बढीले आयुर्वेद स्वास्थ्य सेवा, सय जना भन्दा बढीले होमियोपैथिक स्वास्थ्य सेवा र सय जना भन्दा बढीले ल्याव सेवा लिएको प्रमुख सिमा कुमारी झाले नेपालावाणीलाई जानकारी दिईन् ।
नेपाल तथा भारतबाट विवाह पञ्चमी मेला भर्नका आएका श्रद्धालुहरुको सुविधालाई मध्यनजर गरेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले हरेक वर्ष झैं यो वर्ष पनि सेवा प्रदान गरिएको प्रवक्ता तथा सूचना अधिकारी भोला महतोले जानकारी दिए ।