काठमाडौ: मिथिला नगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड विधालय स्तरिय खेलकुद प्रतियोगिताको उपाधि १२ स्वर्ण पदक सहित जनता माध्यमिक बिद्यालय नक्टाझिजले जितेको छ।

२८ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा १२ स्वर्ण र ४ रजत ,३ कास्य सहित जम्मा १९ पदक सहित मिथिला नगरपालिका वार्ड नं -२ मा रहेको जनता मावि नक्टाझिजले पहिलो स्थान हासिल गरेको हो ।

त्यस्तै ३ स्वर्ण ९ रजत र ३ कांस्य सहित मिथिला नगरपालिका वार्ड नं -९ मा रहेको सार्वजानिक नमुना मावि बेंगाडावरले दोस्रो स्थान हासिल गर्दा ३ स्वर्ण ४ रजत र ७ कास्य सहित मिथिला नगरपालिका वार्ड नं -६ ढल्केबरमा रहेको महेन्द्र माविले तेस्रो स्थान हासिल गरेको प्रतियोगिता संयोजक शिक्षक विश्वनाथ महतोले जानकारी दिनुभयो।

आदर्श राष्ट्रिय मावि लालगढले ३ स्वर्ण ३ रजत र २ कास्य पदकसहित जम्मा ८ पदक, लालगढ नमुना विदया सदन लालगढले ३ स्वर्ण २ रजत १ कास्यसहित जम्मा ६ पदक, सनफलावर इङ्गलिस बोडिङ स्कुल बेंगाडावरले २ स्वर्ण २ रजत र २ कास्य पदकसहित जम्मा ६ पदक , विनायक इङ्गलिस बोडिङ स्कुलले २ स्वर्ण, ३ रजत र ७ कास्यसहित जम्मा १२ पदक, तुलसी मावि चौडाले १ रजत र १ कास्यसहित २ पदक , जनता मावि हरिहरपुरले ३ कास्य पदक र चिल्ड्रेन इङ्गलिस बोडिङ स्कुल ढल्केवरले पनि ३ कास्यपदक प्राप्त गरेको छ ।

त्यस्तै कब्बडी तर्फ छात्रछात्रा दुबैको उपाधि मिथिला नगरपालिका वार्ड नं -२ कै जनता मावि नक्टाझिजले जित्दै स्वर्ण पदक हात पारेको हो भने भलिबल तर्फ छात्र को उपाधि विनायक इङ्गलिस बोर्डिङ्ग स्कूल ढल्केबर र छात्रा तर्फ सार्वजानिक नमुना मावि बेंगाडावरले जित्दै हात पारेको हो।

प्रतियोगितामा भलिबल,कबड्डी र एथ्लेटिक्स तर्फ दौड १०० मिटर,२०० मिटर ,४०० मिटर ,८०० मिटर ,१५०० मिटर,४*१०० मिटर र ४*४०० मिटर रिले , उफ्रने र फ्याक्ने तर्फ हाइजम्प ,लङजम्प,त्रिपलजम्प,ज्याभलिङ थ्रो ८०० र ६०० ग्राम ,सटफुट ८ र १२ पाउण्डलगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा नगरपालिकाभित्रका ६ सामुदायिक र ४ निजि विद्यालयका करिब ५ सय विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।

जनता मावि नक्टाझिजको आयोजना र मिथिला नगरपालिकाको आर्थिक सहयोगमा शुक्रबार देखि नै सुरु भएको उक्त प्रतियोगिता आइतबार सम्पन्न भएको हो।

२०८० फाल्गुन ६, आईतवार २१:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय