बर्दिबास, १२ वैशाख । बर्दिबासको नगरगानको पहिचान बनाएको ‘बर्दिबास हाम्रो हो, हामी सबैको’ बोलको गीत विमोचित भएको छ । बर्दिबास-१ का बासिन्दा जीवनाथ पोखरेलको शब्द रचना, सङ्गीत र उहाँसँगै रिता जोशीको स्वर रहेको यो गीतको अडियो आज बुधबार मधेश प्रदेशका गृह, कानुन तथा सञ्चार राज्यमन्त्री शारदा थापाले अडियो क्यासेट ‘प्ले’ गरेर आज बुधबार गर्नुभएको हो ।

बर्दिबास नगरक्षेत्रको विविधतायुक्त भूगोल , संस्कृति परम्परा, नदीनाला, रीतिथिति , वेशभूषा , धार्मिक पर्यटकीयक्षेत्र र यहाँका विकास सम्भावनाको परिचय गीतमा प्रतिविम्वित भएको राज्यमन्त्री थापाले बताउनुभयो । यसलाई नगरक्षेत्रभित्र आयोजना हुने औपचारिक समारोहमा राष्ट्रगानपछि गाइने परम्परा बसालिन पर्ने थापाको सुझाव छ ।

जम्मा १० हरफको यो गीतमा बर्दिबासको विकासमा सहभागी हुन नगरबासीसँग अपिल छ । चुरे शृङ्खलाका कैयौं पाहाडी थुम्का, गल्छी, नदीनाला, वनक्षेत्रदेखि समथर मैदानसम्मको नगरको भूगोलबारे गीतमा वणर्न रहेको बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीको प्रतिकृया छ । गीतमा नगरका प्रसिद्ध धार्मिकस्थलको परिचय दिइनसँगै आफ्नो ठाउँबारे गौरववोधको भाव समेटिएको हुँदा यो बर्दिबास गान हुन योग्य रहेको क्षत्रीले उल्लेख गर्नुभयो । यसलाई नगर कार्यपालिकाको बैठकबाट आवश्यक प्रकृया पूरा गरी बर्दिबास गान घोेषणा गरिने क्षत्रीको भनाइ छ ।

बर्दिबास-१ का वडाअध्यक्ष भोला खड्काको अध्यक्षतामा सम्पन्न विमोचन समारोहमा बर्दिबास नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी, प्रशासक रामकुमार कार्की, गीतकार तथा गायक पूणर् परियारले गानबारे टिप्पणी गर्नुभयो ।

विक्रम सम्वत् २०७३ सालमा रचित यो गीत सात वर्षपछि अडियो रेकर्डपछि अहिले विमोचित भएको हो ।

२०८१ बैशाख १२, बुधबार २०:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय