अनिल निराला , जनकपुरधाम १० अषाढ   । धनुषा प्रहरीले सोमबार साँझ एउटा सरकारी गाडी बरामद गरेको छ।

जनकपुरधामको नमस्कार चौक स्थित हिरा मदिरा दोकान        अगाडी ज १ ब ६०३ नम्बर प्लेटको सरकारी गाडी सहित मदिरा सेवन गरेको अबस्थामा नाम नखुलेको एक युवक प्रकाउ गरि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको छ ।

प्रहरी चौकी  जिरोमाईलका अनुसार यो मान्छे मदिरा पसलमा होहल्ला गर्नुका साथै कति जना मारपिट गरेको बताएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका एक कर्मचारीले प्रयोग गरि रहेको सरकारी गाडी नातेदारहरुले चलायो भन्ने मधेश सरकारका चौतफी बदनाम भई रहेको देखिएको छ ।

प्रकाउ परेका युवालाई प्रदेशिक अस्पताल जनकपुरधाममा मेडिकल गराएर जिल्ला प्रहरी कार्यालय जिम्मा लगाएको एक प्रहरीले जनाएको छ ।

२०८१ असार १०, सोमबार २३:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय