काठमाडौँ : प्यालेस्टिनी लडाकु समूह ‘हमास’ले इजरायलमाथि हमला गरेको एक वर्षभन्दा बढी भइसकेको छ । गत वर्ष अक्टोबर ७ (असोज २०)मा हमासले इजरायलमाथि हमला गरेको हो ।

संयुक्त राष्ट्र संघलगायत विश्वका विभिन्न देशले युद्ध अन्त्यका लागि आग्रह गरे पनि दुवै पक्ष पछाडि हटेको छैन । पछिल्लो समय हमासका प्रमुख याह्या सिनवारलाई इजरायलले मारेपछि हमास–इजरायल युद्ध अन्त्य हुनेमा धेरै मानिस आशावादी थिए ।तर इजरायलले ‘युद्धको अन्त्य होइन, यो सुरुवात हो’ भनेर प्रतिक्रिया दिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा बन्दी बनाइएका आफ्ना नागरिक रिहा नभएसम्म यो युद्ध नरोकिने प्रस्ट पारेका छन् ।गत वर्ष अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा एक हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । हमास समूहले करिब २५० जनालाई बन्धक बनाएको थियो । त्यो आक्रमणको नेतृत्व सिनवारले गरेका थिए । गत जुलाईमा इरानको राजधानी तेहरानमा हमासको राजनीतिक शाखा प्रमुख इस्माइल हानियाको हत्यापछि सिनवार सो संगठनको प्रमुख भएका थिए ।हमासले इजरायलमाथि आक्रमण गर्दा ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत त्यहाँ गएका १० जना नेपाली विद्यार्थीको पनि ज्यान गयो । एक जना विद्यार्थी विपिन जोशी अपहरणमा परे । हालसम्म उनको अवस्था अज्ञात छ । तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद र नारायणकाजी श्रेष्ठले विपिन जोशीको रिहाइका लागि विभिन्न पहल थालेका थिए । उनीहरूले इजारायलका विदेशमन्त्रीदेखि कतार सरकारसँग पनि जोशीको रिहाइका लागि सहयोगका लागि पहल गरेका थिए ।

इजरायलदेखि विभिन्न शक्तिशाली देशका प्रमुख तथा नेताहरू सहभागी भएको मञ्चमा पुग्दा पनि न प्रधानमन्त्री केपी शर्मा ओलीबाट जोशीको रिहाइका लागि पहल भयो, न परराष्ट्रमन्त्री आरजुबाट । बरु हमास–इजरायल युद्धको बारेमा नेपालले तटस्थताको नीति लियो ।
तत्कालीन परराष्ट्रमन्त्री साउद कतार गएर जोशीको रिहाइका लागि पहल गरेका थिए । मन्त्री श्रेष्ठले फोनमार्फत विभिन्न सरोकारवाला पक्षसँग कुरा गरेका थिए । तर अहिले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जोशीको रिहाइका लागि खासै पहल नगरेको गुनासो भइरहेको छ ।

राष्ट्र संघको महासभामा भाग लिन गएको बेला परराष्ट्रमन्त्री आरजुले असंलग्न राष्ट्रहरूको संगठनको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपाली विद्यार्थी जोशीको रिहाइको बारेमा विश्व समुदायलाई ध्यानाकर्षण गराएकी थिइन् ।

इजरायलदेखि विभिन्न शक्तिशाली देशका प्रमुख तथा नेताहरू सहभागी भएको मञ्चमा पुग्दा पनि न प्रधानमन्त्री केपी शर्मा ओलीबाट जोशीको रिहाइका लागि पहल भयो, न परराष्ट्रमन्त्री आरजुबाट । बरु हमास–इजरायल युद्धको बारेमा नेपालले तटस्थताको नीति लियो ।

एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरायलको अवैधानिक उपस्थिति अन्त्य गर्नुपर्ने राष्ट्रसंघको महासभामा गरिएको प्रस्तावमा नेपाल तटस्थ बस्यो । जोशीको रिहाइबाहेक हमास–इजरायलबिच भइरहेको युद्धमा नेपालले खासै प्रतिक्रिया जनाएको थिएन ।

पछिल्लो समय इजरायलले हमास तथा लेबनानमाथि गरेको आक्रमणको नेपालले निन्दा गरेको छ । यसअघि हमासले इजरायलमाथि आक्रमण गर्दा नेपालले त्यसको निन्दा गर्दै ‘आतकंवादी आक्रमण’ भनेको थियो ।

परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृतबहादुर राईले नेपाल कसैको पनि पक्षमा नरहेको बताए । ‘निन्दा भन्दा पनि नेपालले युद्ध होइन, शान्ति चाहेको हो,’ उनले भने, ‘त्यसमा मात्र नेपालले बोलेको हो । नेपाल कसैको पक्ष वा विपक्षमा छैन ।’ हमास–इजरायलको सम्बन्धमा नेपालले तटस्थताको नीति नै लिएको उनको भनाइ छ ।

इजरायलका लागि पूर्वराजदूत कान्ता रिजालले नेपालले हमास–इजरायलको बारेमा अहिले जे नीति लिएको छ, त्यो ठिक रहेको बताइन् । हमासले इजरायलमाथि आक्रमण गर्दा रिजाल इजरायलमै थिइन् ।

उनले भनिन्, ‘नेपाल अहिले साइलेन्ट बस्दा नै ठिक हुन्छ । कसैको पक्ष लिँदैमा विपिन जोशी रिहा हुने होइन । त्यसैले चुपचाप बस्दा नै नेपाललाई फाइदा हुन्छ ।’

रिजालले आफू राजदूत हुँदा जोशीको रिहाइका लागि निकै प्रयास गरेको दाबी गरिन् । ‘जहाँबाट रिहा हुने सम्भावना देख्थेँ, म त्यहीँ जान्थेँ,’ उनले भनिन्, ‘हरेक सम्भावना भएको ठाउँमा कुरा गरेँ तर सम्भव भएन । पछिल्लो समय इजरायलले लिएको अडानका कारण जोशी पनि रिहाइ हुने हो कि भन्नेमा व्यक्तिगत रूपमा मलाई विश्वास लागेको छ ।’

इजरायलले हमासद्वारा बन्दी बनाइएका आफ्ना नागरिक रिहा नभएसम्म युद्ध नरोकिने प्रस्ट पारेको छ । हमासले बन्दी बनाइएका व्यक्ति रिहा गर्दा त्यसमा जोशी पनि रिहा हुने विश्वासमा नेपाल छ ।

शान्ति सेनाबारे चिन्ता

पछिल्लो समय इरानसँग पनि इजरायलको द्वन्द्व सुरु भएको छ । इरानको सहयोगमा लेबनानको लडाकु समूह हेजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि त्यसको जवाफी कारबाही इजरायलले गरिरहेको छ ।

इजरायल र इरानबिच द्वन्द्व चर्कियो भने त्यसपछिको अवस्था के हुन्छ भन्नेबारे नेपालले आकलन गरिसकेको छैन । पूर्वराजदूत रिजालले भनिन्, ‘इजरायल र हमासबिच युद्ध भए पनि हालसम्म नेपालीहरू सुरक्षित नै छन् तर इरान र इजरायलबिचको द्वन्द्व बढ्दै गयो भने यसले के अवस्था सिर्जना गर्छ, त्यो अहिले नै भन्न सकिने अवस्था छैन ।’

इजरायलले असोज ७ गते युनिफिलको मुख्यालय नजिक रहेको टियर सहरमा आक्रमण गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमणमा शान्ति सेनामा खटिएका सैनिकमध्ये ५० जना हालसम्म घाइते भएका छन् । त्यसले नेपाललगायत अन्य देशलाई चिन्ता थपेको छ । र, इजरायलको यो कदमको चौतर्फी विरोध भइरहेको छ । युनिफिलमा नेपालको तर्फबाट ८७७ शान्ति सैनिक कार्यरत छन् ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले लेबनानबाट शान्ति सेना फिर्ता लैजान राष्ट्र संघलाई आग्रह गरिसकेका छन् । तर नेपाललगायत विभिन्न देशले इजरायलको सो भनाइको संयुक्त विज्ञप्तिमार्फत निन्दा गरेका छन् ।
सिरियाको सीमा नजिकको टियर युनिफिलको मुख्यालय नाकुराबाट करिब २१ किलोमिटरको दूरीमा छ । इजरायली सेना र हेजबुल्लाहबिच द्वन्द्व बढेपछि शान्ति सैनिकको सुरक्षालाई लिएर चौतर्फी चिन्ता बढेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता राईले भने, ‘चिन्ताको विषय त पक्कै हो तर अहिले शान्ति सेनामा रहेका सबै नेपाली सैनिक सुरक्षित छन् ।’

त्यहाँ रहेका शान्ति सैनिकलाई अझै सुरक्षित कसरी गर्न सकिन्छ भन्ने बारेमा सरकारले परामर्श गरिरहेको उनले सुनाए । यसको बारेमा राष्ट्र संघ पनि लागिपरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले लेबनानबाट शान्ति सेना फिर्ता लैजान राष्ट्र संघलाई आग्रह गरिसकेका छन् । तर नेपाललगायत विभिन्न देशले इजरायलको सो भनाइको संयुक्त विज्ञप्तिमार्फत निन्दा गरेका छन् ।

इजरायलमा सहायक श्रमिक (केयर गिभर)मा रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथामार्फत छनोटमा परेका दुई हजार दुई सयको नाम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्काल सार्वजनिक नगर्ने सूचना भदौमा निकालेको थियो । आवेदनमा त्रुटि देखिएको भनेर ती नाम सार्वजनिक गरेको छैन ।
नेपालले इजरायली आक्रमण तत्काल रोक्नुपर्ने माग गरेको छ । नेपालले विज्ञप्तिमा भनेको थियो, ‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्छ र द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्छ ।’

हमास–इजरायल युद्धमा ११ जना नेपाली हाताहत हुनबाहेक त्यसपछि अरु थप केही क्षति भएको छैन । इजरायलमा नेपालीहरू सुरक्षित नै छन् । इजरायलले सीमा क्षेत्रका सबै गाउँ खाली गराएको छ । सबैलाई सुरक्षित स्थानमा राखेको छ । अवस्था सुरक्षित देखिएका कारण नेपालबाट अहिले कामदारका रूपमा इजरायल जाने तयारी छ ।

इजरायलमा कति छन् नेपाली ?

हमासको आक्रमणपछि सरकारले त्यतिबेला सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार ५०० नेपाली इजरायलमा ‘केयरगिभर’ का रूपमा कार्यरत छन् । यो सरकारी तथ्याङ्क हो तर अवैधानिक रूपमा पनि नेपालीहरू त्यहाँ बसिरहेको बताइएको छ । गत साउनमा मात्र नेपालले इजरायलसँग दुई हजार नेपाली इजराइल पठाउने सम्झौता गरेको छ ।

इजरायलमा सहायक श्रमिक (केयर गिभर)मा रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथामार्फत छनोटमा परेका दुई हजार दुई सयको नाम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्काल सार्वजनिक नगर्ने सूचना भदौमा निकालेको थियो । आवेदनमा त्रुटि देखिएको भनेर ती नाम सार्वजनिक गरेको छैन ।

यद्धरत देशमा यसरी नेपाली नागरिकलाई सरकारले नै पठाउन लागेको भन्दै त्यसको विरोध भएको थियो । विभिन्न संघ संस्थाले नेपालीलाई इजरायल नपठाउन माग गर्दै गत असारमा सरकारलाई ज्ञापनपत्र नै बुझाएका थिए ।

२०८१ कार्तिक ११, आईतवार १०:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय