नेपालवाणी नेटवर्क
जनकपुरधाम, बैशाख ।


जानकी नवमीको अवसर पारेर जनकपुरधाम स्थित ए टु जेड कम्प्युटर सेन्टर ऐतिहासिक, धार्मिक तथा पूरातात्विक महत्व बोकेको जानकी मन्दिरको सरसफाई गरेको छ । जनकपुरधामको ख्याती प्राप्त संस्था ए टु जेड कम्प्युटर सेन्टरले आउँदै गरेको जानकी नवमीको शुव अवसरमा जानकी मन्दिरमा सरसफाई गरेको हो ।


‘जानकी नवमीलाई राष्ट्रिय विदा घोषणा गर !’, ‘हाम्रो आस्था–हाम्रो अधिकार’, ‘जानकी जन्मभूमिलाई राष्ट्रिय गौरव बनाऊ’ जस्ता मागलाई समर्थन गर्दै ए टु जेड कम्प्युटर सेन्टरले जानकी नवमीलाई भव्यता प्रदान गर्न समेत तीनै तहको सरकारसंग सञ्चालक सञ्जय यादवले माग गरे । उनले भने, ‘‘जानकी मन्दिर मधेश मात्र नभई देशकै धरोहर हो । हामीले यसलाई संरक्षण गर्न सकेनौं भने, जनकपुरधामको भविष्य नै संकटमा पर्छ, त्यसैले जानकी मन्दिरलाई हामीले सांस्कृति तथा धार्मिक पर्यटीय हिसाबले अघि बढाउनुपर्छ ।’


सरसफाई कार्यक्रममा सहभागि भएका ए टु जेड कम्प्युटर सेन्टरका अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुले जानकी मन्दिर वरिपरी सहित प्राङ्गणमा कुचो, झाडु सहितका सामग्री सहित सरसफाई गरेका थिए । समारोहमा सेन्टरका सञ्चालक रामजस महतोले उनले जानकी मन्दिर विश्वकै हिन्दुहरुको आस्थाको केन्द्र भएपनि स्थानीय, प्रदेश र संघीय सरकार विश्व सम्पदाको सुचिकृतका लागि आवश्यक पहल कदमी नलिनु दुःखद भएको बताए ।

उनले भने, ‘जानकीको जन्मोत्सव हाम्रो धार्मिक, सांस्कृतिक र ऐतिहासिक अस्तित्वसँग प्रत्यक्ष जोडिएको पर्व हो । बुद्ध जयन्तीमा विदा हुन्छ । तर, जानकी नवमीमा किन हुँदैन ? यो धार्मिक भेदभाव हो । आस्थाको अपमान हो । त्यसैले जानकी नवमीमा पनि विदा हुनुपर्छ ।’


ईन्सिच्यूटको विभिन्न शिफटमा अध्ययनरत विद्यार्थीहरुलाई सेन्टरले शनिबार विदाको दिन मिलाएर सरसफाईमा सहयोग गर्न आग्रहलाई सहर्ष स्विकार गर्दै शनिवार विद्यार्थी तथा शिक्षकहरु सरसफाईमा सहभागि भएको प्रबन्धक पवन पजियारले नेपालवाणी नेटवर्कलाई जानकारी दिए ।

सोही अनुसार शनिबार बिहानै जानकी मन्दिर पुगेका विद्यार्थीहरुलको टोली, कर्मचारीहरुले सँयुक्त रुपमा सरसफाई गरेको हो । “जहाँ सफा, त्यहाँ स्वास्थ्य र सम्मान” भन्दै सरसफाई अभियानमा टेवा पु¥याएको प्रबन्धक पजियारको कथन छ ।


२०८२ बैशाख २०, शनिबार २२:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय