
बर्दिबास, २० वैशाख ।
बर्दिबास बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ट नागरिकलाई तीर्थाटन गराएकाे छ । संस्थामा आबद्ध ज्येष्ट सदस्यलाई आज शनिबार मधेशकाे बारा जिल्लास्थित प्रसिद्ध महागढीमाईकाे दर्शन गराउनसँगै विभिन्न पर्यटकीयस्थलकाे अवलाेकन गराएकाे हाे ।
संस्थाले आज ३५ जना ज्येष्ट नागरिकलाई तीर्थाटनसँगै विभिन्न ठाउँकाे अवलाेकन गराएकाे छ । महागढीमाईकाे दर्शनपछि प्रदेशकाे औद्योगिक नगरी वीरगञ्ज र सर्लाहीकाे वागमतीस्थित मानव निर्मित तालकाे ज्येष्ट नागरिकले अवलाेकन गरेका छन् । बर्दिबास सहकारीले भ्रमणकाे अवसर दिएर महत्वपूर्ण धार्मिकस्थल महागढी माईकाे दर्शन गर्न पाइएकाे तीर्थाटनमा सहभागी बर्दिबास-१४ का ७५ वर्षीय खड्गबहादुर सिंहले बताउनुभयाे ।
महागढीमाईकाे दर्शन, वीरगञ्ज नगरी र वागमतीस्थित मानव निर्मित विशाल तालकाे अवलाेकनकाे अवसरले जेष्ट नागरिक दङ्ग परेका छन् । सहकारीकाे वार्षिक स्वीकृत तालिकाअनुसार तीर्थाटन कार्यक्रम गरिएकाे प्रबन्धक रमेशबहादुर सिंहले बताउनुभयाे ।ज्येष्ट नमगरिक घुमफिरकाे अवसरले प्रसन्न बनुन् भन्ने ध्येयले नै कार्यक्रम आयोजना गरिएको प्रबन्धक सिंहले स्पष्ट पार्नुभयाे ।
यसअघि सहकारीकै आयोजनामा अर्को ३२ जनाकाे सेयर सदस्य समूहले दुई दिने दाेलखा जिल्लाका सहकारीकाे अवलाेकन सकेर शुक्रबार साँझ बर्दिबास फर्केका छन् । सहकारीले दिएकाे अवसर अत्यन्त रमाइलाे बनेकाे दुबै समूहका सहभागीले प्रतिकृया दिएका छन् ।यस्ता रचनात्मक गतिविधि आम सर्वसाधारणका लागि स्मरणीय बनेकाे सहभागीले प्रतिकृया दिएका छन्।