
गोविन्द महतो / जनकपुरधाम ।
मधेशमा प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाइ स्थापना भएको छ । जनकपुरधाम स्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा एक समारोहका बीच शुक्रबार प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाइ स्थापना गरिएको हो ।
व्यवस्थापन इकाईको उदघाटन गर्दै मधेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह बायोमेडिकल व्यवस्थापना इकाइको उदघाटन गर्दै मन्त्री सिंहले स्वास्थ्य सेवा प्रणालीलाई गुणस्तरिय बनाउन बायोमेडिकल व्यवस्थापना इकाइले ठूलो सहयोग पु¥याउने बताए । प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाइले स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउनेमा मन्त्री सिंहले जोड दिए ।
उनले भने, ‘यो इकाइले प्रदेशमा रहेका अस्पताल, जनस्वास्थ्य कार्यालय र अन्य स्वास्थ्य संस्थाहरुमा प्रयोग हुने चिकित्सा उपकरणको मर्मत, व्यवस्थापन, र क्यालिब्रेसनमा आवश्यक सहयोग गर्छ । गुणस्तरीय स्वास्थ्य सेवाको प्रवद्र्धनमा पनि ठुलो सहयोग पुग्नेछ । चिकित्सा उपकरणहरुको प्रभावकारी व्यवस्थापनले रोग निदान र उपचारको प्रक्रियालाई थप गुणस्तरिय बनाउँछ । यसले बिरामीहरुलाई सही समयमा उपचार प्राप्त गर्न मद्दत पु¥याउँछ,’ उनले भने ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरधामसँग सहकार्य गरी आर्थिक तथा प्राविधिक सहयोग पु¥याउने गरी निक साइमन्स ईन्सिच्युट, बनेपाले मधेश प्रदेशमा प्रादेशिक बायोमेडिकल व्यवस्थापना इकाइ स्थापना गरेको हो । यो इकाइले प्रदेशभित्र रहेका स्वास्थ्य संस्थाहरुमा प्रयोग गरिने बायोमेडिकल उपकरणहरुको मर्मत, सम्भार र जाँच गरी मर्मत चक्रलाई सुनिश्चित गर्नुका साथै बायोमेडिकल उपकरणहरुको उचित व्यवस्थापन गरिने साइमन्स संस्थानका तालिम व्यवस्थापक डा. अर्पणा बिसि कलौनीले बताइन् । ‘स्वास्थ्य सेवामा चिकित्सा उपकरणहरुको कार्यक्षमता कायम राख्न अत्यावश्यक छ, जसले प्रत्यक्ष रुपमा बिरामी हेरचाहको गुणस्तरलाई प्रभाव पार्छ । उचित उपकरण व्यवस्थापनले स्वास्थ्यकर्मीहरुलाई सही र भरपर्दो उपकरणहरु उपलब्ध गराउँछ,’ उनले भनिन्, ‘जसले निदान, उपचार, र निगरानीलाई सुधार गर्छ । साथै, प्रभावकारी व्यवस्थापनले कुशल उपयोग र सञ्चालन लागत कम गर्न मद्दत गर्दछ ।’
प्रदेश भित्र रहेका अस्पतालहरुका बायोमेडिकल उपकरणहरुको मर्मतका लागि उचित व्यवस्थापन प्रणाली सुनिश्चित गर्ने, अस्पतालमा रहेका बायोमेडिकल उपकरणको मर्मत सम्भार न्यूनतम समयमा गर्ने, लागत प्रभावी मर्मत रणनीति लागू गर्न, दक्ष प्रविधिक कर्मचारीहरुबाट चिकित्सा उपकरणहरुको सुरक्षित सञ्चालनलाई बढावा दिनेछ । स्थापना भएको इकाइले प्रदेशभित्र रहेका बायोमेडिकल उपकरणहरुको परीक्षण, स्याहार, सम्भार र मर्मतलाई सुनिश्चित गर्ने, चिकित्सा उपकरण खरिद योजना र कार्यान्वयन र आवश्यक पर्दा बायोमेडिकल उपकरण नीति नियम तर्जुमामा मन्त्रालय र प्रदेशका अस्पतालहरुलाई सहयोग गर्ने आपूर्ती व्यवस्थापन केन्द्रका निर्देशक डा. सुनिल प्रसाद कुशवाहाले जानकारी दिए ।
स्वास्थ्य संस्थाका प्राविधिक कर्मचारीहरुलाई बायोमेडिकल उपकरणहरुको सही प्रयोग, मर्मत र संरक्षणबारे नियमित तालिम दिने जनाएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका जिन्सी प्रमुख भोला महतोको उदघोषणमा भएको समारोहमा प्रमुख डा. सुनिल प्रसाद कुशवाहाले प्रादेशिक बायोमेडिकल उपकरण व्यवस्थापन इकाइको स्थापनासँगै स्वास्थ्य सेवा प्रणालीमा गुणस्तर सुधार गर्न ठूलो योगदान पुग्ने बताए ।
आपूर्ती व्यवस्थापन केन्द्रका प्रशासन प्रमुख रुद्रनारायण महतोको स्वागत मन्तव्यमा भएको समारोहमा प्रादेशिक अस्पतालका निर्देशक जामुन सिंहले भने, ‘उपकरणहरुको सही व्यवस्थापन र मर्मतले स्वास्थ्य सेवा प्रदायकहरुको दक्षता बढाउनुका साथै बिरामीहरुको उपचार प्रक्रियालाई सहज र प्रभावकारी बनाउनेछ । यस इकाइको सफल कार्यान्वयनले स्वास्थ्य क्षेत्रको सुधार र विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ,’ उनले भने ।
हाल मधेश प्रदेशमा करोडौंको सामग्रीहरु सामान्य मर्मत सम्भारका कारण अलपत्र अवस्थामा रहेको समयमा यो प्रादेशिक बायोमेडिकल व्यवस्थापना इकाइले स्वास्थ्य प्रणालीमा सुधार तथा सरकारको अर्थ व्यवभार खट्ने जनाईएको छ ।