
जनकपुरधाम। आसन्न नेकपा (एमाले) धनुषाको आठौं जिल्ला अधिवेशनमा अध्यक्ष लक्ष्मी नारायण यादवको प्यानलको बलियो सम्भावना देखा परेको छ ।
एमाले जिल्ला अध्यक्ष पदका लागि लक्ष्मी नारायण यादव र भोला यादव बीच प्रतिस्पर्धा हुदा लक्ष्मी पक्षको सम्भावना बलियो हुँदै गएको हो ।
अहिलेसम्मको राजनीतिक समीकरण, कार्यकर्ताको समर्थन र संगठन भित्रको प्रभावको विश्लेषण गर्दा लक्ष्मी यादव नेतृत्वको प्यानलप्रति कार्यकर्ताहरूको झुकाव बढी देखिएको छ । लक्ष्मी यादव एमालेमा एक अनुभवी, समर्पित र कार्यकर्ता मैत्री नेताका रुपमा चिनिन्छन् । संगठन विस्तार, आन्दोलनमा सक्रियता र नेतृत्व क्षमताका कारण उनको लोकप्रियता जिल्ला र केन्द्रमा मजबुत छ ।
उनी नेतृत्व गरेको प्यानललाई वर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादव, उमाशंकर अरगरिया, संजीव झा “सुरज” लगायत नेताहरूको खुला समर्थन रहेको छ । मधेस प्रदेश सभामुख रामचन्द्र मण्डलले पनि आन्तरिक रूपमा सो प्यानललाई सघाईरहेको श्रोतको दाबी छ ।
अध्यक्ष पदका उम्मेदवार लक्ष्मी नारायण यादवले आफु लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएको र कार्यकर्ताले आफूप्रति विश्वास राखेकाले विजयप्रति आशावादी रहेको बताए ।
लक्ष्मी यादवको प्यानललाई कार्यकर्ताले ’अनुभव, लगनशीलको संयोजन’, ’समर्पण र इमान्दार नेतृत्वको प्रतीक’का रूपमा हेरिदै आएको छ । प्यानलले जिल्ला पार्टी संगठनलाई सशक्त बनाउने अठोटका साथ अधिवेशनमा प्रतिस्पर्धा गरिरहेको छ । यसअघि अध्यक्ष पदका उम्मेदवार लक्ष्मी यादवले जिल्ला सचिव नेतृत्व प्रतिको जिम्मेवार नेताको रूपमा कार्यकर्ताहरुले मानिरहेको छ ।