रामईश्वर ठाकुर,
बर्दिवास, १५ जेठ ।

राष्ट्रिय गणतन्त्र दिवसका अवसरमा महोत्तरीको बर्दिबासमा रक्तदान , दीप प्रज्वलन र बिरामीहरुलाई फलपूल वितरणसहितका रचनात्मक कार्यक्रम सम्पन्न भएका छन् । यसपालिको १८ औं गणतन्त्र दिवसका अवसरमा बर्दिबासस्थित शुभस्वस्तिक अस्पताल र ई सेवा जनकपुर शाखाले बर्दिबासचोकमै रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रमको प्राविधिक व्यवस्थापन रेडक्रस बर्दिबास उपशाखाले गरेको हो ।

गणतन्त्र दिवस राष्ट्रिय उत्सव भएको हुँदा यससँग जोडेर मानवीय सहयोगका कार्यक्रम गर्न रक्तदान रोजिएको आयोजकले बताएका छन् । बर्दिबासमा प्रचण्ड गर्मीबीच आज ६२ जनाले रक्तदान गरेका छन् ।

र्ब्दिबासमा गणतन्त्र दिवसकै अवसरमा बर्दिबास अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । नगरप्रमुख प्रहलादकुमार क्षत्रीले बिरामीहरुलाई भेटी फलफूल प्रदान गर्नुभएको हो ।

यसैगरी बर्दिबासमा नेकपा (एमाले) र नेकपा माओवादीकेन्द्रले छुट्टाछुट्टै चोकमा दीप प्रज्वलनका कार्यक्रम सम्पन्न गरेका छन् ।

 


२०८२ जेष्ठ १५, बिहीबार २०:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय