
बर्दिबास, २१ जेठ ।
बर्दिबास अस्पतालका बिरामीलाई रेडक्रस बर्दिबास उपशाखाले फलफूल वितरण गरेको छ । बर्दिबास अस्पतालका बिरामीलाई पोषक तत्वको कमी हुन नदिन रेडक्रस बर्दिबास उपशाखाले आज बुधबार फलफूल वितरण गरेको हो । अस्पतालमा भर्ना रहेका ३८ जना बिरामीलाई रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्काले स्याउ, केरासहितका फलफूल वितरण गर्नुभयो ।
अस्पतालमा भर्ना रहेका बिरामीप्रति सद्भाव र स्नेहको सन्देश प्रवाह गर्न फलफूल वितरण गरिएको सभापति खड्काको भनाइ छ । बिरामीप्रति सबैले स्नेह र सद्भाव राख्नु उच्चतम मानवीय कार्य हुँदा यस्ता कार्यको अनुकरण र अनुसरण हुनपर्ने बर्दिबासका अगुवा सामाजिक कार्यकर्ता बताउँछन् ।
आम रुपमा चाडपर्व, जन्मदिन र अन्य उत्सवका अवसरमा यस्तो सेवाको संस्कृति मधेशमा स्थापित छ । यद्यपि बिरामी त जुनसुकै बेला हुनसक्ने हुँदा विभिन्न सामाजिक सङ्घसंस्था र मनकारी व्यक्तिव्यक्तित्वले आफूले भ्याएको र सकेका बेला यस्ता मानवीय सेवाका काममा तत्परता देखाउन पर्ने बर्दिबासका सामाजिक कार्यकर्ता उमेश महतो बताउनुहुन्छ ।