दिपक कुमार मिश्र
जनकपुरधाम, भदौ ।

गुठ्ठी संस्थानले कानून सम्वत रुपमा २० वर्षको लागि नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिलाई लिज सम्झौतामा जग्गा उपलब्ध गराएको बार एशोसिएशनले गरेको संघातिक हमलाका दोषि उपर कारवाहीको माग गर्दै पत्रकारहरु धर्नामा बसेको छ । गुठी संस्थानले गरेको सम्झौता बमोजिमको जग्गालाई लिएर पत्रकारहरुमाथि भएको संघातिक आक्रमणका दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि एक घण्टा धर्ना दिएका हुन् ।


धनुषाको जनकपुरधाम उप–महानगरपालिका स्थित राममन्दिर गुठ्ठी अन्तर्गतको कित्ता नं. ६५ क्षेत्रफल ४ कठ्ठा जग्गा गुठ्ठी संस्थान सञ्चालक समितिको निर्णय अनुसार पत्रकार महासंघ मधेश प्रदेशलाई २० वर्षको लिजमा जग्गा प्रदान गरेपछि नेपाल बार एशोसिएशन, जनकपुरले गरेको विवादको क्रममा कुटपिटमा संलग्न वकिलहरुलाई कारवाहीको माग गर्दै पत्रकारहरु आन्दोलमा उत्रिएको नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले जानकारी दिए ।

मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जाराले शान्तिपूर्ण आन्दोलनद्वारा दबाब सिर्जना गर्नु परेको उल्लेख गर्दै भने, ‘देशव्यापी आन्दोलन नहोस्, अवस्था उग्र नहोस् भनेर हामीले अहिलेसम्म संयमता अपनाएका हौं । तर, प्रशासनको भूमिका अलोकतान्त्रिक हुँदै गयो भने हामी चुप लागेर बस्दैनौं ।’


दोषी कानून व्यवासायीमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा पत्रकारहरुले आइतबार बिहान ११ बजे देखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्ना दिएका हुन् । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले गुठी संस्थानसँग कानूनी रुपमा प्राप्त गरेको जग्गामा वकिलहरुले आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै बखेडा सिर्जना गरेको महासंघका जिल्ला अध्यक्ष पुरन साहको भनाई छ ।

धर्नामा सहभागि नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले दोषीलाई संरक्षण गर्ने कार्य प्रशासनबाट भइरहेको आरोप लगाउँदै भने, ‘हाम्रा साथीहरु घाइते भए, हामीले किटानी जाहेरी दिँदा पनि प्रहरीले कुनै कारबाही गरेन । हामी धर्नामा बस्न बाध्य भयौं । माग पूरा भएन भने थप कडा आन्दोलन गर्छौं ।’


सम्झौताका आधारमा निर्माणको प्रक्रिया अगाडि बढाइरहेका बेला गत साउन २७ गते ती वकिलहरुले विवाद निम्त्याउँदै पत्रकारहरुमाथि गरेको आक्रमणको दाषिलाई कारवाहीको लागि दवावमुलक कार्यक्रम गरेका महासचिव शैलेन्द्र महतो (क्रान्ति) ले जानकारी दिए । पत्रकार उपर आक्रमण पश्चात पत्रकार महासंघले दोषी पहिचान गरी किटानी जाहेरी दिएपनि स्थानीय प्रशासनले आक्रमणकारीलाई पक्राउ नगरेको भन्दै पत्रकार महासंघ धनुषा आक्रोशित हुँदै आन्दोलनको घोषण अनुरुप धर्ना दिएको हो ।

घटनामा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, पत्रकार दिवाकर राय, अनिल कुमार निराला र विनिता यादव घाइते भएका थिए ।


२०८२ भाद्र १, आईतवार १४:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय