
नेपालवाणी नेटवर्क
जनकपुरधाम, भदौ ।
रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसका प्रमुख प्राध्यापक डा. वसन्त कुमार कर्णले शैक्षिक अवस्थालाई गुणस्तरीय तथा ट्रयाकमा ल्याउन खोज्दा शैक्षिक माफियाहरु अत्तालिएको बताएका छन् । कुनै बेला जनकपुरधामको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा रहेको राराब क्याम्पसको शिक्षामा गुणस्तरीयता, परिक्षा प्रणालीमा सुधार, क्याम्पस गतिविधिको निगरानी, क्याम्पस पठनपाठनको अवस्थामा सुधार ल्याउन खोज्दा जनकपुरका कतिपय शैक्षिक माफियाहरु अत्तालिएर आफ्नो हुर्मत लिन खोजेको बताएका हुन् ।
क्याम्पस प्रमुख कर्णले राराब क्याम्पसको परिक्षा प्रणाली, शैक्षिक अनुशासन, आर्थिक अनियमितता, छाडापन, राजनीतिक चलखेल तथा परिक्षा सेटिङ भत्काउदा आफु शैक्षिक माफियको तारो बन्न पुगेको बताए । उनले भने, ‘म क्याम्पसमा आएर सुधारको कामहरु गर्न थालेपछि यहाँको शैक्षिक माफियाको तारो भएको छ । उनीहरुलाई लागि रहेको छ, यसरी नै राराब क्याम्पसको सुधार भए हाम्रो रोजिरोटी बन्द हुन्छ, त्यही भएर म माथि पटक पटक आक्रमण र क्याम्पसको वातावरण विथोल्न लागि परेको छ ।’
कर्णले सधैं सत्ताको वरिपरि घुम्ने संरचनामा आफ्नो नियुक्ति पचाउन नसकेर नीजि कलेजको स्वार्थ समुह, कर्मचारीहरुको समुह र केही विद्यार्थीहरुको समुहले गोरख धन्दालाई निरन्तरता दिन आक्रमणको प्रयास पटक पटक गरिरहेको आरोप लगाए । उनले थप्दै भने, ‘विगतको जस्तो परीक्षा प्रणाली छैन, व्यापक सुधार भएको छ । सिसिटिभी मार्फत निगरानी गरिन्छ । अनियमितता र सधै आफ्नो नियन्त्रण जमाउन खोज्ने व्यक्तिलाई कस्न खोजेपछि शैक्षिक माफियाहरु शैक्षिक वातावरणलाई असहज बनाउन लागिपरेको छ । शिक्षा क्षेत्रको सुधारबाट लाखौं रुपैयाँको अनैतिक आम्दानी प्रभावित भएपछि माफियाहरु विभिन्न तवरबाट म विरुद्ध प्रत्यक्ष हमला गर्न थालेको छ । जसको कारण प्रशासनलाई गुहारेर मैले सुरक्षा लिनु परेको छ ।’
के–के भयो सुधार
१. राराब क्याम्पस केन्द्रको परीक्षालाई मर्यादित तथा व्यवस्थित गराउन सम्पूर्ण कक्षाकोठा लगायत शैक्षिक प्रशासन शाखाहरुमा सिसिटिभि क्यामराको जडानबाट परीक्षाहरु मर्यादित गराईएको ।
२. नि.वर्तमान क्याम्पस प्रमुखले आफनो कार्यकालको अन्तिममा पुरानो मिति कायम गरि गरेको विभागीय प्रमुख तथा संयोजकहरुको नियुक्ति बदर गरी नियमानुसार विभागीय अध्यक्षको नियुक्ति ।
३. क्याम्पसमाकार्य गरीरहेको कर्मचारीमाथि दुरव्यवहार गर्ने तथा कुटपिट समेतको स्थित सृजना गरेकाविद्यार्थी तथाकर्मचारीहरुलाई अनुगमननिर्देशनालयबाट छानबिन समिति गठन गराई कारवाहीको प्रकृया अगाडी बढाइएकोमा केन्द्रियकार्यालयबाट प्रतिवेदनहालसम्मसार्वजनिकनगरी कार्यन्वयननगरेको ।
४. परीक्षा कार्यमा नखटेका शिक्षक तथा कर्मचारी लगायत अन्य विद्यार्थी नेताहरुलाई परीक्षा भवन तथा कोठा भित्र प्रवेशमा पूर्ण निषेध गरिएको ।
५. सार्वजनिक विदा तथा शनीबारका दिन सुविधाको लागि उपस्थित हुनुपर्ने पारीपाटीलाई अन्त्य गरेको ।
६. क्याम्पसमा शिक्षकहरुको लागि आधुनिक बस्ने तथा सभा सम्मेलन गर्न सक्ने शिक्षक विश्राम कक्ष बनाइएको ।
७. क्याम्पस लाई पूर्ण रुपमा वाईफाई जोनको रुपमा विस्तार गरिएको ।
८. केन्द्र सरकारसंग समन्वय गरी परीक्षा संचालनको बखत शिक्षण सिकाई स्थगित गरी राख्नुपर्ने वातावरणको अन्तयका लागि परीक्षा भवनको माँग गरिएकोमा नेपाल सरकारबाट आब २०८२÷०८३ को बजेटमा परीक्षा भवन निर्माणका लागि ३ करोड विनियोजन गरिएको ।
९. बिसिए कार्यक्रम संचालन गर्न स्वीकृती प्राप्त गरेको तथा अगामी आव देखि द्य।ब्। ीी।द्य। ७ ीी।द्य को सञ्चालनको प्रस्तावना पेश गरिएको ।
१०. यस आव देखि एमएड हेल्थ कार्यक्रम संचालनका लागि प्रस्तावना पेश गरेको ।
११. शैक्षिक भ्रमण तथा औद्योगिक भ्रमणमा जाने विद्यार्थीहरुले पाउने खाजा खर्च रु १०० बाट खाना र खाज ावापत रु ३०० दिने निर्णय गरिएको ।
१२. नयाँ भर्ना लगायत पुरानो लेजरहरुलाई कम्प्युटरमा प्रविष्ट गरी हालते काट्ने बिलको अन्त्य गरी कम्प्युटराईज विलिङ्गको व्यवस्था गरिएको ।
१३. विद्युतिय पुस्तकालयको सुरुवात गरिएको विद्यार्थीहरुको अफिसियल इमेलका लागि कार्य भईरहेको ।
१४. विद्यार्थी परिचयपत्रलाई क्युआर सहितको डिजिटल आईडि कार्ड क्याम्पसबाटै प्रिन्ट हुने गरी व्यवस्था गरिएको ।