बर्दिबास(महाेत्तरी), १० पुस ।
बर्दिबासमा दाेस्राे मेयरकप (वडास्तरीय) क्रिकेट प्रतियाेगिता आज बिहीबार सुरु भएको छ । बर्दिबास-२ स्थित रङ्गशालामा बिहीबार एक समाराेहबीच बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले प्रतियाेगिता उद्घाटन गर्नुभएकाे हाे ।
पुस १९ गतेसम्म आयोजना हुने यो प्रतियाेगितामा बर्दिबास नगरका १४ वडामध्ये १३ वडाका टिम प्रतिष्पर्धा गर्दैछन् । यसपालि बर्दिबास-४ बाट प्रतियाेगितामा टिम सहभागी हुन नसकेकाे हाे । प्रतियाेगिता बर्दिबास नगर खेलकुद समितिकाे आयोजनामा सुरु भएको हो ।
बस्तीबस्तीबाट याेग्य खेलाडि छनाैट गरिदै वडा टिममा छानिएका नगर खेलकुद विकास समितिका अध्यक्ष वाेधबहादुर कटुवालले जानकारी दिनुभयाे ।
बर्दिबास नगरपालिकाले पछिल्ला दुई/ तीन वर्षयता खेलकुदकाे संस्थागत विकासका लागि पहलकदमी लिदै आएको छ । खेलकुदले युवा वर्गमा सामाजिक अनुशासनमा जाेड्दै कुलत र लागुपदार्थ दुर्व्यशनविरुद्ध पछिल्लाे पुस्तालाई जाेड्दै बढ्ने नगरप्रमुख क्षत्रीकाे विश्वास छ ।
नगर प्रमुख क्षत्रीले सङ्गठित र अनुशासित युवा जमात तयार गर्दै याे शक्ति देशकाे समृद्धि अभियानमा जाेडिनु पर्ने आवश्यकता औंल्याउनु भएकाे छ । उहाँले खेलकाे विकासका लागि नगर नेतृत्व प्रतिबद्ध रहेकाे दाेहाेर्याउनु भयो ।
प्रतियाेगिताकाे उद्घाटनसत्रमा सामाजिक, राजनैतिक र सुरक्षा क्षेत्रका उच्च पदस्थ अधिकारीकाे उपस्थिति थियाे । उद्घाटन सत्र नगर खेलकुद विकास समितिका अध्यक्ष वाेधबहादुर कटुवालकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।-

