नेपालवाणी नेटवर्क
जनकपुरधाम, पुस ।
बहुप्रतिष्ठित रामजानकी अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि मधेश ९२५ करोड लाग्ने अनुमान गरिएको छ । मधेश प्रदेशका खेलकूद तथा समाज कल्याण मन्त्री ईन्जिनियर बसन्त कुशवाहाका अनुसार रंगशाला निर्माणका लागि कुल अनुमानित लागत ९२५ करोड़ लाग्ने भएको जनाएका हुन् ।
मधेश प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले जनकपुरधाम १४ स्थित रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि अपुग बजेट सहयोगका लागि संघीय सरकारसंग मांग गर्ने आधिकारिक निर्णय गरेको जनाईएको छ । सोको प्रथम चरण (क्रिकेट स्टेडियम, फुटबल, कवर्ड हॉल, लांग टेनिस कोर्ट सहित) निर्माण कार्यका लागि २७५ करोड़ लागत हुने अनुमान गरीएको छ मन्त्री कुशवाहाले जानकारी दिए ।
यसैगरी आगमी १०० दिने कार्ययोजना अन्तर्गत समाज कल्याण परिषद् गठन, मधेश प्रिमियर लिंग लगायतको कार्य योजना अघि सारिएको मन्त्री कुशवाहाले जानकारी दिए ।

