नेपालवाणी डटकम
जनकपुरधाम, माघ ।

मधेश प्रदेशसभाबाट तीन जना सांसदले राजिनामा दिएका छन् । प्रतिनिधिसभा सांसदको उम्मेदवार बनेका तीन जना प्रदेशसभा सदस्यले राजिनामा दिएका हुन् ।

मधेश प्रदेशसभाबाट निवर्तमान सभामुख रामचन्द्र मण्डल, पूर्व मुख्यमन्त्री सतिष कुमार सिंह र पूर्व राज्यमन्त्री रहबर अन्सारीले राजिनामा दिएको छ ।

मधेश प्रदेशसभाका अनुसार मण्डल र अन्सारीले माघ ४ गते नै राजिनामा बुझाएका हुन् । यता पूर्व मुख्यमन्त्री सतिष कुमार सिंहले ५ गते विहान सभामुख रामअशिष यादवलाई गएर राजिनामा बुझाएका हुन् ।

निवर्तमान सभामुख मण्डल नेकपा एमालेबाट धनुषा क्षेत्र नं. १, पूर्व राज्यमन्त्री अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा क्षेत्र नं. १ र सतिष कुमार सिंहले सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट स्वभिमान पार्टीबाट निर्वाचनमा सहभागि हुने भएको जानकारी दिएका छन् । सिंहलाई नेकपा एमालेले सहयोग गर्ने भएको छ ।


२०८२ माघ ५, सोमबार १४:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय