नेपालवाणी डटकम
जनकपुरधाम, माघ ।

मधेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले नेपाली कांग्रेस मधेश प्रदेशको मिडिया प्रचार–प्रसार संयोजकमा नितेष कुमार गुप्तालाई नियुक्त गरेको छ । काँग्रेसका प्रदेश अध्यक्ष समेत रहेका मुख्यमन्त्री यादवले सहित काँग्रेसको कार्य समितिले प्रदेश स्तरीय मिडिया तथा प्रचार–प्रसार डेस्कको संयोजकको जिम्मेवारी नितेश कुमार गुप्तालाई प्रदान गरेको हो ।

मधेस प्रदेश कार्यसमितिको कार्यालय जनकपुरधामबाट जारी पत्रअनुसार आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका आधिकारिक उम्मेदवारहरुको प्रभावकारी प्रचार–प्रसार र निर्वाचनमा विजयी गराउने उद्देश्य सहित गुप्तालाई उक्त जिम्मेवारी दिइएको हो ।

निर्वाचन प्रक्रिया सफल बनाउन प्रदेशस्तरमा मिडिया डेस्क स्थापना गरी प्रचार–प्रसारलाई व्यवस्थित, समन्वित र प्रभावकारी बनाउने जिम्मेवारी गुप्तालाई सुम्पिएको पत्रमा उल्लेख गरिएको छ । नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिको निर्णयअनुसार सभापति कृष्णप्रसाद यादवले मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा डिजिटल माध्यममार्फत प्रचार–प्रसार गर्ने जिम्मेवारी समेत गुप्तालाई प्रदान गरेका हुन् ।

कार्यसमितिले नयाँ जिम्मेवारी सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै गुप्तालाई कार्यकालका लागि शुभकामना दिएको छ ।


२०८२ माघ ११, आईतवार १६:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय