नेपालवाणी डटकम
जनकपुरधाम, माघ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोलमा धनुषा क्षेत्र नं. १ का उम्मेदवार रामचन्द्र मण्डलले चुनावी अभियानलाई तिव्रता दिएका छन् । उनी सबैला नगरपालिका स्थित नेकपा एमालेको क्षेत्रीय भेला र भेटघाट कार्यक्रममा मतदानको मत जित्न विगतदेखि नै सफल भएको हुँदा जनताको मतबाट विजयी हुने विश्वास व्यक्त गरेका हुन् ।


उनले धनुषा क्षेत्र नं. १ का जनता र मतदाताहरुले विकास प्रेमी, असल नेतृत्वको पहिलो रोजाईमा पर्ने भएको हुँदा स्पष्ट जितको संकेत प्राप्त गरेको दाबी गरे । उनले भने, ‘म सबैलाको बरकुर्वा स्कुलमा पढेर हुर्किएको विद्यार्थी हुँ । यहाँ जति मलाई माया ममत्व छ, अन्य कोहीमा छैन् । म यहाँको विकास र समृद्धिको बाटो खोल्न सक्छु । यो मेरो घमण्ड हैन, धैर्यतापूर्वकको विश्वास हो की म यहाँको विकासको यात्रालाई अघि बढाउछु ।’

‘मास्टर साहेब’ को नामले चिरपरिचित रहेका निवर्तमान सभामुख मण्डलले जनताको हरेक सुख–दुःख, समस्या र जनताको अपेक्षालाई जिम्मेवारीको रुपमा आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘विकास, सुशासन र जनताको सर्वोपरी हितको लागि तपाई जनता जनार्दनको अमुल्य मतको अपेक्षा गर्दछु । जनताको विश्वासमा आधारित राजनीतिक मेरो जिम्मेवारी हो ।’


२०८२ माघ ११, आईतवार १६:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय