नेपालवाणी डटकम
जनकपुरधाम, माघ ।
हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदिप यादवको निधन भएको छ । धनुषाको हंसपुर नगरपालिकाको नगर प्रमुखको उपचारको क्रममा निधन भएको हो । काठमाण्डौं स्थित नयूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
गत बिहीबार राति उनलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारको लागि शुक्रबार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा सोमबार उनको निधन भएको हो । उनी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

