काठमाडौँ : देशभर मनसुनी वायु र पूर्वी तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहँदा केही दिनदेखिको वर्षा अझै रोकिएको छैन ।जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पनि देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशसहितका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानमा पनि हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागले तीन दिनको पूर्वानुमान गर्दै जारी गरेको बुलेटिनमा सोमबारसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । आज दिउँसो अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो ठाउँमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आजै दिउँसो र राति प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

योक्रम सोमबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता रहन विभागले आह्वान गरेको छ । ‘देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २ ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ,’ आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श शीर्षकमा विभागले भनेको छ,’ ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

२०७७ श्रावण १७, शनिबार ०८:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय