
चितवन: चितवन मेडिकल कलेजमा रुपन्देहीकी ३५ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
अस्पतालका अनुसार रुपन्देही तिलोत्तमा नगरपालिकाका महिलाको सोमबार अपराह्न ४ बजे मृत्यु भएको हो ।
असोज २० गते नै कोरोना पुष्टि भएकी ती महिला श्वासप्रश्वास र ज्वरो आएर अस्पतालमा २१ गते भर्ना भएकी थिइन् ।
उनको कोभिड-१९ आईसीयू कक्षमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए ।