
काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३९ औँ म्याचमा हिजो रोयल च्यालेन्जर्स ब्यांग्लोरले कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको कोलकताले सीजनकै सबैभन्दा सानो ८५ रनको टार्गेट दिएको थियो । जवाफमा ब्यांग्लोरले १३.३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।