
जनकपुधाम : गतअसोज ३ मानिक्कै धुमधाम र उत्साहकासाथ रेल भित्रायो । धेरै समयको प्रयासपछि नेपाल सरकारले स्वामित्वभएको रेल तामझामका साथभित्राए ।भारतको हाजिपुरबाट जयनगर हुँदै जनकपुरधाम कुर्था रेल्वे स्टेशन सम्म पुर्याईए । पहिलो पटक रेल चल्ने कुराले जनकपुर बासीमा खुशीको सिमा थिएन् । धेरैलाई लागेको थियो, अब रेल चल्छ । रेल आएपछि चल्ने सुनिश्चितता गरेका सर्वसाधारणले सरकारको प्रशंसा गरे ।
रेल त आयो तर रेल चलाउने आवश्यक भौतिकपूर्वाधार, कर्मचारी, कानूनको अभावमा तीन महिना देखि धनुषाको ईनर्वा स्टेशनको पालमूनीरेल थन्किएको छ । निक्कै उत्साह र धुमधाम र उत्साहका साथ हर्न बजाएर भित्राईएको रेल तीन महिना देखि पालमुनी थन्किएपछि स्थानीयहरु निराशछन् । रेल भित्राउने समयमा एक महिनामा कर्मचारी भर्ना गरेर चलाउने भनिए पनि कर्मचारी भर्ना प्रक्रिया पेचिलो बन्दारेल सञ्चालनअनिश्चितबनेको हो ।
विगततीन महिना भन्दा बढी समयदेखि रेल धनुषाको जनकनन्दनी गाउँपालिका स्थित ईनर्वा स्टेशनमा पहेलो टेन्ट ओढाएर राखिएको छ । रेललाई ओढाएर राखिएको टेन्ट हटाएर चलाउने साईत जुराउने भन्नेमा कर्मचारीहरु नै अनविज्ञ छन् । कर्मचारी भर्ना प्रक्रियाको जटिलताका कारण रेलको स्थायी सञ्चालन प्रक्रियाअनिश्चित बनेको एक उच्चपदस्त कर्मचारीले बताए ।
‘चार-पाँचवर्ष देखि रेल चल्ने कुरा हुदैछ तर तर कहिले चल्छ अत्तोपत्तो छैन‘ जनकनन्दनी गाउँपालिका ४ खजूरीकी सूर्यकला देवी कामती रेल नचल्दा निराश छिन । ‘जयनगरबाट हाम्रो घर हुँदै जनकपुर सम्म रेल चल्छभनेर भनियारे तर चलेन । रेल त आयो तर एक दिन पनि चलेन, अहिले थन्किएरको छ, कहिले चल्छ ठेगाानै छैन’उनले भनिन ।
विगततीन वर्षदे खि विवाह पञ्चमीमा भारतको जयनगरबाट जनकपुरसम्म रेल चल्ने हल्ला भएपनि अहिले सम्म नचल्दा सिमावर्ती क्षेत्रका स्थानीयहरुको रेल चढ्ने आशा निराशामा परिणत भएको छ । ‘उमेरले अब साथदिन छोडयो, मोटरसाईकलमाआउँदाजाँदा समस्या हुन्छ,रेल चढेर जानकीमन्दिर दर्शन गर्ने ईच्छा थियो तर रहर पूरा हुने छाँटकाँटछैन ।’ जनकनन्दनी गाउँपालिकाकै उमेरले ८० कटेकी जोगनी दासले भनिन, ‘रेल नचल्दा जनकपुर बजार नपुगेको झण्डै ७वर्ष हुनलाग्यो, रेल चल्दा आउनजान सजिलो हुन्थ्यो, रेल बन्द भएपछि जनकपुर अहिले सम्म एकपटक पनिजान सकेको छुईन।’‘रेल अब चल्छ, तब चल्छ, भनेर सधै सुन्छु तर अहिले सम्मकहिले चल्ने टुङ्गो छैन, रेल चल्ने कति भाका आयो कतिवटा भाका नाघयो तरपनि रेल चलेन ।’ जनकनन्दनी गाउँपालिकाकाका ८० वर्षिय मो. हामिद साफि बुढ्यौली कम्मर समाउँदै भने, ‘रेल चल्ने कुरा बच्चा बुच्चिको खेल जस्तै भयो ।’
रेल्वेका महाप्रबन्धन गुरु भट्टराईले भारत सरकारले हालसम्म हस्तान्तरण नगरिसकेकोले समेत चलाउन ढिलाई भएको बताए । विवाह पञ्चमीमा सञ्चालनको तयारी हुँदा कर्मचारी अभाव, संरचना हस्तान्तरण, कानून अभाव, चोरिएको क्लिप, झयाल ढोका तथा अन्य संरचनामा निर्माण ढिलाई हुँदा रेल सञ्चालन रोकिएको भट्टराई बताउँछन् । उनले भने, ‘अब धेरै समय नलाग्नु पर्ने हो, सक्दो चाडो सञ्चालनको तयारी छ, आवश्यक सबै प्रक्रिया पश्चात यसैवर्ष चलाउँछौं’भट्टराईले भने, ‘तत्काल रेल्वेसंग रहेको आफ्नो कर्मचारी र निजामति तर्फका केही कर्मचारीलाई काजमा लिएर सेवा सुचारु गर्न लागेका छौं, र प्राविधिक विषय जानकार भएका र अवकास पाईसकेका तर रेल्वेमा फर्कन चाहने कर्मचारीलाई लिएर सम्पूर्ण प्रक्रिया एक महिनामा टुङ्गिने गरी तयारी गरेका छौं ।
रेल्वे ट्रयाकमा चोरी भएका तथा निर्माण अधुरा रहेको कामहरु पुरा गर्न भारतीय कम्पनीले जनवरी १५ सम्मको समय मागेको छ । काम पुरा भए पश्चात हाम्रो व्यवस्थापकीय तयारी पनि पुरा हुन्छ अनि रेल सञ्चालनको बाटो खुल्ने उनले बताए ।
नेपाल-भारत सरकारको संयुक्त लगानीमा जयनगर-जनकपुर देखि कुर्था सम्मरेल्वेको ब्रोडगेज लिंक, स्टेशननिर्माण, सकेको दुईवर्ष भन्दा बढी भयो । नेपाल सरकारले आफ्नै लगानीको ८५ करोडमा रेलसेट पनि खरिद गर्यो । तर व्यवस्थापकीय कमजोरीका कारण रेल सञ्चालन हुननसकेको रेल्वेका ईन्जिनियर विनोद ओझा बताउँछन् । ‘रेल चलाउने भनेको छ हो, तर सबै कुरा हाम्रो हातमा छैन, अनि कसरी रेल चल्छ ?अहिलेलाई रेल चलाउने कुरा रेल्वे कम्पनिसंग सोधनुस्’ उनले भने ।
रेल्वेको छुट्टै सुरक्षादस्ता
गत पुस ८ गतेमन्त्री परिषद्को निणर्यबाट रेल्वेंको सम्पूर्ण सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिने निणर्य गरेको छ ।रेल्वेका पुराना तथा संरचना चोरी हुने क्रम नरोकिए पछिसशस्त्र प्रहरीलाई सुरक्षाको जिम्मादिएको महाप्रबन्धक भट्टराईले जानकारी दिए । उनले भने, ‘रेल्वेको भौतिक पूर्वाधारहरु पहिल्यै चोरी भैसक्यो तर अहिले आएर धेरै हल्लाभो, त्यसैले रेल्वेको विशेष आग्रहमा मन्त्रीपरिषदबाट १ सय २६ सशस्त्र प्रहरी खटाउने निणर्य भएको छ, अबको केही दिनभित्रै सशस्त्रप्रहरीले रेल्वेको बिभिन्न स्थानमा रहेको क्वाटरहरुमा रहेर सुरक्षा प्रदान गर्नेछ।’नेपालवाणीको एक प्रश्नको जवाफमाउनले भने, ‘रेल्वेको कानूनमानै छुट्टै रेल्वे सुरक्षा दस्ता बनाउन पहल हुदैछ, अहिलेको सुरक्षा दस्तालाई नै कानून निर्माण पछि रेल्वे सुरक्षा दस्ताको रुपमा रुपान्तरण गर्ने हाम्रो योजना छ ।’
लोकसेवाले कर्मचारी भर्ना गर्ने
जनकपुरधाम-जयनगर रेल्वे सञ्चालनका लागि कर्मचारीको भर्ना प्रक्रिया लोकसेवा मार्फत गरिने भएको छ । करार कर्मचारीबाट नै तत्काल रेल सेवा सञ्चालनगर्न कर्मचारी भर्नाकालागि सूचना गरिए पनि तत्काल विज्ञापन स्थगित गरी स्थायी कर्मचारीको भर्ना गरिन लागिएको हो । रेल्वे विभागका महाप्रबन्धक गुरुट्टराईले रेल सेवालाई स्थायीरुपमा सञ्चालन गर्न स्थायी कर्मचारी नै आवश्यकता भएकाले एकैपटक स्थायी कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। ‘करार प्रक्रियाबाट कर्मचारी भर्ना गर्दा विभिन्न किसिमको टीका-टिप्पणीसमेत आएकोले कर्मचारी भर्नालाई विवाद रहित बनाउन तथा रेल्वे सञ्चालनलाई स्थायित्व प्रदान गर्न एकैपटक स्थायी कर्मचारी भर्ना गरिन लागिएको छ’ उनले भने । करारमा भर्नाका लागि दरखास्त दिएकाहरुले एक्कै पटक अब लोकसेवाको माध्यमबाट आउनुपर्ने बताए ।
यसअघि नेपाल रेल्वे कम्पनीले स्टेशन मास्टर, टिटी, क्यासियर, गार्ड, प्रशासन, लेखालगायतका २९ वटा पदमा १ सय २९ जना करार कर्मचारी भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको थियो । दरखास्त आह्वान गरिएको अन्तिमदिनसम्म ३२ हजार ६ सय ८६ जनाले आवेदन दिएका थिए।