
काठमाडौं : साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख २६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
एकै दिन ८ हजार ८९४ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख २६ हजार ४४८ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा १५० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार २४९ पुगेको छ ।
२ लाख २३ हजार ३७४ जनाको उपचार भइरहेको छ भने ९९ हजार ८५५ जना संक्रमणमुक्त भएका छन्।