
जनकपुरधाम : धनुषामा थप एक जना कोरोना (कोभिड-१९) महामारीलाई जितेर डिस्चार्ज भएका छन् । महोत्तरी स्थायी घर भएका ।धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा बस्दै आएका पुस्तक व्यवसायीले कोरोना जितेर डिस्चार्ज भएका हुन् । ३५ वर्षिय पुस्तक व्यवसायी विजय चौधरीले १९ दिनमा कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका हुन् ।
उनले कोरोनालाई जितेर आएपनि आईसोलेशनमा भर्ना भएदेखि प्रादेशिक अस्पतालको व्यवस्थापन देखि खानपानमा निक्कै कन्जुस्याई गर्ने गरेको गुनासो गरे । उनले भने, ‘मलाई कोरोना लागेको थियो, तर मलाई कोरोना भन्दा अव्यवस्थित वातावरणले चिन्तित तुल्याउथ्यो, तर आज कोरोनालाई हराउँदै मैले जितेको महशुष गर्दैछु ।’ आईसोलेशनमा उपचारको क्रममा प्रादेशिक अस्पतालले गर्नुपर्ने सामान्य सुविधा समेत उपलब्ध गराउन नसकेको गुनासो गर्दै पुस्तक व्यवसायी चौधरीले भने, परिस्थिति खराब भएपनि मनस्थिति बलियो थियो जस्तोसुक्कै लडाई पनि जितिन्छ, भन्ने मनसायको अगाडी कोरोनाको केही लागेन ।’
कोरोना संक्रमित भई बैशाख ३१ गते आईसोलेशनमा भर्ना भएका चौधरीले मनमा डर उत्पन्न भएपनि कोरोना जितेरै छोड्छु भन्ने सोच थियो, कोरोना भन्दा बलियो मन थियो, कोरोनासँग लड्न उच्च मनोबल थियो र आज कोरोनालाई हराउँदै विजयी भएकोछु ।’ गत बैशाख ३० उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । धनुषामा दोश्रो संक्रमितको रुपमा आईसोलेशनमा भर्ना भएका थिए ।
उनीसंगै कोरोना संक्रमित भएकी जनकपुरधाम उप-महानगरपालिकाका पत्रकार बीरेन्द्र रमण गत विहिवार नै डिस्चार्ज भईसकेका छन् ।