काठमाडौं : ब्राजिलका चर्चित फुटबलर रोनाल्डोले बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

स्पेनिस पत्रिका एएससँग कुरा गर्दै रोनाल्डोले मेस्सी अहिलेको नम्बर एक खेलाडी हुन् क्रिस्टियानो रोनाल्डो, नेयमारलगायतका अरू चर्चामा रहेका खेलाडी भने टप फाइभभित्र पर्ने बताए ।

यस्तै मोहमद सलाह, इडेन हाजार्ड र केलियन एमबाप्पे पनि शीर्ष पाँचमा रहेको उनको दाबी छ ।मेस्सी अहिलेको एक नम्बर फुटबलर भएको र समाकालिन खेलाडीमा उनको जत्तिको प्रतिभा नभएको उनले बताएका छन् ।

मेस्सीको जस्तो प्रतिभा हेर्न अरू २०/३० वर्ष लाग्नेसमेत उनले बताएका छन् । विश्व फुटबलमा अर्जेन्टिनाका मेस्सी र पोर्चुगलका रोनाल्डोबीच को उत्कृष्ट भन्ने बिषयमा लामो समयदेखि बिवाद रहदै आएको छ ।

२०७७ जेष्ठ २१, बुधबार १४:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय