
मेलन्ची : बलेफी गाउँपालिका –४ का युवकको मृत्युु भएको छ । चौध दिन क्वारेन्टिन बसेर फर्किएका उनको आज मृत्यु भएको हो ।
क्वारेन्टिनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो । भारतबाट फर्किएका उनलाई पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो ।
मृत्युको कारण भने खुलिसकेको छैन ।