एजेन्सी : बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्याले तनावमा परेका एकजना किशोरले आत्महत्या गरेका छन् । १४ वर्षीय किशोर राजपुतको मृत्युको खबर सुनेर निकै तनावमा रहेको र आत्महत्या गरेको टाइम्स अफ इन्डियाले लेखेको छ ।

नागपुरका ती किशोर सुशान्तका फ्यान थिए । उनी तनावमा देखिएपछि परिवारले उनलाई टेलिभिजनबाट टाढा राखिएको थियो । तर, उनले आत्महया गरे । योसहित सुशान्तको आत्महत्यापछि सात जना फ्यानले आत्महत्या गरिसकेका छन् । यसअघि पनि उनका फ्यानहरुले सुसाइड नोटसहित आत्महत्या गरेका छन् ।

यसैगरी, सुशान्त सिंह राजपुतको पोष्टमार्टमबाट आत्महत्या पुष्टि भएको छ । टाइम्स अफ इन्डियाका अनुसार उनलाई कसैले आक्रमण गरेको भेटिएको छैन । झुण्डिएर मृत्यु भएको रिपोर्टमा उल्लेख छ ।

२०७७ असार १२, शुक्रबार १६:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय