
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् ।
बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् ।
आज १२ बजे बसेको मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गरेको थियो । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई शितलनिवासमा पुगेर भेटेका थिए ।
