महोत्तरी, गौशाला, श्रावण ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो शनिदेव महाराजको कलश यात्रामा सहभागि भएका छन् । महोत्तरीको गौशाला नगरपालिका ११ कालिपुर स्थित शनिदेव महाराजको कलश शोभायात्रामा सहभागि भएका हुन् ।

शनिदेव महाराज मन्दिरको पुजारी मोहन महतोको विशेष आग्रहमा हरेक वर्ष हुने भव्य कलश शोभा यात्रामा सहभागि भई मन्दिरको प्राण प्रतिष्ठानको उदघाटन गरेका हुन् । मन्त्री महतोले उद्घाटन समारोहमा कलश यात्रा एउटा धार्मिक र सांस्कृति अनुष्ठान भएको बताए ।

कलश शोभा यात्रामा सहभागि भएका करिब ३ हजार दर्शनार्थीहरुको बीचमा गृहमन्त्री महतोले शनि मन्दिरको उदघाटन समेत गरे ।


२०८३ श्रावण २, शनिबार ०९:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय