
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीषमा थप ११६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।
प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ११४ रहेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार १७७ रहेको छ।
त्यस्तै पछिल्ले २४ घण्टामा नेपालमा थप ६९७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ११ हजार २५ पुगेको छ।
उनले आज ५ हजार ९० जनाको आरटी–पीसीआर परीक्षण गरिएको जानकारी दिए।
क्वारेन्टिनमा २४ हजार ५२७ रहेको उनले जानकारी दिए।