काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै घटेर दैनिक ७० को संख्यामा आइसकेकोमा पुन: यो संख्या बढ्‍न थालेको हो। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमलले बिहीबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या २ सय १३ जना रहेको जानकारी दिए।

२०७७ श्रावण १, बिहीबार १६:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय