शङ्खरापुर : नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी कामबाट निकालेका कर्मचारीलाई फर्काउन सहमत भएको छ । अस्पतालको प्रशासनबाट लिखित प्रतिबद्धता आएपछि सबै कर्मचारीलाई काममा फर्काउने सहमति भएको स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष किरण केसीले जानकारी दिनुभयो ।

नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको करार सेवामा कार्यरत कर्मचारीलाई असार ३१ गते रोजगारीबाट निकालेको जनाउँदै कर्मचारीले अस्पताल प्रशासनमा तालाबन्दीलगायत आन्दोलन गरेका थिए । उक्त आन्दोलनपछि अस्पतालले करार अवधि थप नगरी सेवाबाट हटाएका ७१ कर्मचारीलाई नियमित काममा फर्काउने भएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

२०७७ श्रावण ४, आईतवार १५:११

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय