काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीनजनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेसँगै कुल मृतकको संख्या ७३ पुगेको हो ।

आज पुष्टि भएका मृतकमा दुई पुरुष र एक महिला छन् । योसँगै कुल मृतकमध्ये ५८ पुरुष, १४ महिला र १ शिशु छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।

मृतकको विवरण

१. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका छपकैयाका ७४ वर्षीय पुरुष । २३ साउनमा गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु । मधुमेह र दमको बिरामी । २४ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको

२. मोरङ जिल्ला विराटनगर महानगरपालिकाका ५८ वर्षीय पुरुष । २३ साउनमा कोशी अस्पतालमा निधन । उक्त रक्तचापका विरामी उनी निमोनिया भई सप्तकोशी अस्पतालमा उपचार गराइरहेकोमा कोशी अस्पताल रिफर गरिएको । २४ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको

३. काठमाडौंको टोखाकी ४१ वर्षीय महिला पाटन अस्पतालमा २३ साउनमा निधन । २४ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको


२०७७ श्रावण २४, शनिबार १६:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय