काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२१ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २२१ जनामा कोरोना पुष्टि भएको बताए।

उनका अनुसार नेपालमा हाल संक्रिय संक्रमित १७ हजार ५१८ रहेको छ।

प्रवक्ता गौतमका अनुसार २४ घन्टामा १२ हजार ७१७ पीसीआर परीक्षण गरिएको छ।

उनले पछिल्लो २४ घण्टामा २६७ जना संक्रिमित निको भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार ८२२ रहेका छन्।

पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुष गरी १४ जनाको निधन भएको छ। प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ।

२०७७ भाद्र १४, आईतवार १७:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय