
- सुरेन्द्र सिंह
बर्दिबास : जिल्लाको बर्दिबास नगरपालिकाको बर्दिबास चौकको सडक डिभाइडरमा वृक्षारोपण गरिएको छ ।
रोटरी क्लब बर्दिबासको आयोजनामा सो डिभाइडरमा वृक्षारोपण गरिएको हो ।
उक्त वृक्षारोपण कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य सरदा देवी थापा लगायतको उपस्थिति रहेको थियो ।
सडक डिभाइडरमा विभिन्न किसिमको फूलका बिरुवा रोपिएको क्लवका अध्यक्ष हिरा गौतमले बताए ।
उक्त डिभाइडरमा लगाइएको फूलका बिरुवाको संरक्षण गर्नका लागि आफ्नो संस्थाले सक्दो भूमिका निर्वाह गरिरहेको उनको भनाई थियो ।













