
एजेन्सी । यूईएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई हराएको छ ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई १–० ले हराएको हो ।
खेलको १४औँ मिनेटमा मिकेल ओयरजावालले गरेको गोल नै निर्णायक बन्यो ।
गोलरक्षक यान सोम्मेरको गम्भीर गल्तीमा मिकेल मोरेनोले बल भेट्टाउदै दिएको पासमा ओयरजावालले गोल गर्न सफल भएका थिए ।
जितसँगै लिग ‘ए’ को ४ मा रहेको स्पेन ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।