आजको राशिफल : २०७७ कार्तिक ४ गते ( २०२० अक्टोबर २० ) मंगलबार

मेष

काम बिनाअवरोध सुचारु हुनेछन् । ठूलो सम्झौताको कामले अन्तिम रुप लिनेछ । प्रिय व्यक्तिहरुसंग भ्रमणमा गइनेछ । मनमा शान्ती छाउनेछ । 

वृष 

व्यवसायमा राम्रा अवसरहरु मिल्नेछन् । वरिष्ठ व्यक्तिको सहयोगले काम बन्नेछ । चल अचल सम्पत्तिको बारेमा आज निर्णय नलिनु उचित हुनेछ । 

मिथुन

विद्यार्थीहरुले कडा मिहिनेत गर्नुपर्ने समय छ । रोजगारीका अवसरहरु मिल्नेछन् । अरु व्यक्तिहरुसंग निर्भर रहेर निर्णय गर्नाले समस्या निम्तिनेछ ।

कर्कट 

कानुनी काममा सावधानी अपनाउनुपर्ने समय छ । धार्मिक कामको लागि खर्च बढ्नेछ । साझेदारीको कामले लाभ मिल्नेछ ।

सिंह 

सरकारी तर्फबाट लाभ प्राप्त गर्न सकिनेछ । जीवनसाथीको स्वास्थ्य समस्याले तनाव उत्पन्न हुनेछ । केही दान गरेमा धन हानीबाट बच्न सकिनेछ ।

कन्या 

व्यवसायमा नयाँ योजनाहरु बन्नेछन् । आर्थिक लेनदेन गर्दा विशेष सावधानी अपनाउनुपर्ने समय रहेको छ । सामाजिक काम या समारोहमा सहभागी भइनेछ । 

तुला 

वरिष्ठ व्यक्तिहरुको सहयोग मिल्नेछ । आर्थिक लाभ मिल्नेछ । साझेदारको पूर्ण सहयोग रहनेछ । नयाँ परिचित व्यक्तिहरुबाट धोका हुन सक्नेछ ।

वृश्चिक 

व्यापारमा सफलता मिल्नेछ । नयाँ अवसरहरु प्राप्त हुनेछन् । कडा मिहिनेतका कारण प्रोत्साहन तथा प्रशंसा मिल्नेछ ।

धनु 

नयाँ सम्झौताहरुले फाइदा दिनेछन् । इष्टमित्रको साथ र सहयोग मिल्नेछ । हाडजोर्नी दुखाइले चिन्तित बनाउनेछ । 

मकर 

इमान्दारी पूर्वक गरिएको कामले अतिरिक्त लाभ मिल्नेछ । व्यापारमा आएका नयाँ अवसरमा केही जोखिमको सामना गर्नुपर्नेछ । प्रेमसम्बन्ध सुमधुर रहनेछ । 

कुम्भ 

दैनिक काम सहज तरिकाले सम्पन्न हुनेछन् । कामका नयाँ अवसरहरु मिल्नेछन् । आर्थिक लाभ मिल्नेछ । परिवारमा तनाव उत्पन्न हुन सक्नेछ ।

मीन 

नयाँ सम्पत्ति खरिद गर्नको लागि आजको दिन उचित रहने छैन । नोकरीमा कठीन परिस्थितिको सामना गर्नुपर्नेछ । आमा बुवाको सल्लाहमा गरिएको काम सफल हुनेछ ।


२०७७ कार्तिक ४, मंगलवार ०७:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय