पाल्पा : पाल्पाको एक अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचाररत कोरोना संक्रमित एकजना महिला र पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिकाकी ३ की ६९ वर्षीया महिला र रुपन्देही तिलोत्तमा नगरपालिका ३ का ७४ वर्षीया पुरुष रहेका छन् । दुबै कोरोना संक्रमितको सोमबार राती मृत्यु भएको हो । पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा परी उपचारको लागि मेडिकल कलेज ल्याएको थियो। केही संकास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा रिर्पोट पोजिटिभ आएको थियो ।

तिलोत्तमा नगरपालिका ३ का ७४ वर्षीय पुरुषमा कोरोना संक्रमण पछि स्वासप्रश्वासको समस्या बढ्दै गएपछि रुपन्देहीमा अस्पतालमा भन्टिलेटर नपाएपछि उनलाई पाल्पाको लुम्बिनी मेडिकल कलेज तानसेनमा असोज ४ गते भर्ना गरिएको थियो ।

पाल्पामा हालसम्म १ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ८ सय ५८ जना निको भएका छन भने २ सय ३२ जना सक्रिय संक्रमित छन् । पाल्पामा कोरोना संक्रमितमध्ये हालसम्म १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय