काठमाण्डौ: अभिनेत्री अदिती बुढाथोकी लामो समयदेखि बलिउड प्रवेशका लागि मुम्बईमा संघर्ष गरिरहेकी छन् । केही पञ्जाबी र हिन्दी गीतमा अभिनय गरेर एक हदसम्म चर्चा बटुलेकी उनले नेपाली फिल्ममा पनि आफ्नो उपस्थिति जनाइसकेकी छन् । उनले अभिनेता अनमोल केसी स्टारर फिल्म ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसपछि भने उनले नयाँ फिल्म गरेकी छैनन् ।

लकडाउनभन्दा अगाडि उनी ‘कृ’ फेम्ड निर्देशक सुरेन्द्र पौडेलको नयाँ फिल्ममा काम गर्ने तयारीमा थिइन् । यही फिल्मका लागि उनी मुम्बईबाट नेपाल आएकी थिइन् । गायकबाट हिरो बन्न लागेका नितेशजंग कुँवरसँग उनले केही दिन वर्कसप पनि गरिन् । तर, छायांकन सुरु नहुँँदै कोरोनाका कारण देश लकडाउन भयो । यसपछि उनी परिवारसँग काठमाडौंमा बस्दै आएकी छन् ।

चार दिन अगाडि उनले अभिनय गरेको हिन्दी गीत ‘तु मेरा नहीँ’ सार्वजनिक भएको छ । यसमा भारतका चर्चित संगीतकार अमाल मलिकको स्वर छ । भिडियोमा अदितीले अमालसँगै रोमान्स गरेकी छन् । यो गीतलाई दर्शकहरुले अत्याधिक मन पराएका छन् भने अदितीको सुन्दरताको प्रशंसा भएको छ । यो गीतले उनलाई बलिउड प्रवेशका लागि बाटो खोल्ने धेरैले विश्वास गरेका छन् ।

फुर्सदको समयमा अदिती सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्दछिन् । आइतवार उनले फेसबुक र इन्स्टाग्राममा आफ्ना केही तस्विरहरु पोस्ट गर्दै ‘के तिमी कहिले मेरो सपना देख्छौ ?’ भनेर सोधेकी छन् । अदितीको यो जिज्ञासा आफ्ना प्रशंसकप्रति हो वा प्रेमीप्रति ? त्यो भने उनले खुलाएकी छैनन् । उनी डेढ वर्षदेखि भारतीय र्‍यापर अलिम मोरानीको प्रेममा रहेको चर्चा छ ।


२०७७ कार्तिक २६, बुधबार ०८:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय