महोत्तरी : सांस्कृतिक/धार्मिक परम्पराअनुसार विवाह सम्पन्न गर्न कम्तिमा दिनभर लाग्छ। तर, महोत्तरीमा १७ मिनेटमै एउटा विवाह सम्पन्न भएको छ।

बर्दीवास-१ स्थित पुर्ण ब्रह्म कबीर उपासज समाज नेपालले आइतबार बर्दीवास शाखामा एक समारोहबीच धनुषा जिल्लाको नगराइन नगरपालिका-२ निवासी असेष्ठलाल कर्णकी २२ वर्षीया छोरी दीपिका कर्ण र रौतहट जिल्लाको गढीमाई नगरपालिका-९ निवासी विद्यानन्द कर्णका २६ वर्षीय छोरा सन्दीप कुमार कर्णको विवाह १७ मिनेटमा सम्पन्न भएको हो।

हिन्दु धर्ममा विवाह गर्न विभिन्न प्रकारको विधि र रिवाज पूरा गर्नुपर्ने हुन्छ। व्रह्म उपासक कल्टमा भने विवाहमा कुनै विधि अपनाइँदैन। न त पण्डित चाहिन्छ , न त फूलमाला, बेहुला र बेहुली दुवैको हातमा भगवानको रक्षासुत्र बांधेर विवाह सम्पन्न हुन्छ। १७ मिनेटसम्म जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको एउटा वाणी बजाउने गरिन्छ, अनि त्यही १७ मिनेट वाणी पढेर नै विवाह सम्पन्न हुन्छ।

दहेज मुक्त विवाह

संत रामपालजी महाराज जीको नियम भित्र रहेर भएको उक्त विवाहमा न कुनै बैंड बाजा, न कुनै तामझाम, न कुनै प्रकारको लेनदेन (दहेज मुक्त) भयो।

सामान्य ढंगले एउटा विवाह गर्दा लाखौं खर्च हुन्छ, तर जन्ती लगेर परिवारजनकै मन्जुरीमा विवाह गर्दा पनि खर्च नलागेको बेहुली दीपिका कर्णले बताइन्। यहाँ हुने खाजाखर्च संस्थाले नै बेहोर्ने गरेको छ।

दाइजो प्रथाले आक्रान्त ठाउँ र समुदायमा जन्मिएर पनि बेहुला सन्दीप र बेहुली दीपिकाले ‘बिना दहेज’ विवाह गर्दै समाज परिवर्तनको सन्देश दिएका हुन्।

संस्थाले दहेज मुक्त अभियान चलाउँदै

तराईमा दहेजकै कारण धेरै महिलाको हत्या हुने गरेको छ भने धेरैले यातना खेप्नुपरेको छ। यस्ता कुरीतिलाई अन्त्य गर्न संस्थाले एउटा अभियान नै चलाएको देव शंकर दास बताउँछन्।

केही दिन पहिलेमात्रै पूर्ण व्रह्म कबीर उपासक समाज नेपाल, वीरगन्ज शाखाले पर्सा जिल्लाको सखुवा परसौनी-४ निवासी नित्यानन्द चौधरीकी २० वर्षीया छोरी पूर्णिमा चौधरी र महोत्तरी जिल्लाको बर्दीवास नगरपालिका-२ निवासी अंजनी चौधरीका २२ वर्षीय छोरा अजित चौधरीको पनि यसरी नै विवाह गराइदिएको थियो।

१७ मिनेटमै विवाह सम्पन्‍न

१७ मिनेटमै विवाह सम्पन्‍न

१७ मिनेटमै विवाह सम्पन्‍न

१७ मिनेटमै विवाह सम्पन्‍न

१७ मिनेटमै विवाह सम्पन्‍न

१७ मिनेटमै विवाह सम्पन्‍न

 

२०७७ मंसिर ८, सोमबार ०९:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय