जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शनिबारबाट फिटनेस जिम क्लब सञ्चालनमा आएको छ ।

स्थानीय युवा राकेश यादवले स्थापना गरेको प्यानोरामा मसल्स बैंक फिटनेस जिम क्लबको शनिबार प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले उदघाटन गरेका छन ।

जिम क्लबको उदघाटन गर्दै मन्त्री यादवले अहिलेको युगमा रोगहरु लाग्न नदिन र शारिरिक तन्दुरुस्तीका लागि वैज्ञानिक मापदण्ड अनुसारको फिटनेस सेन्टर सञ्चालनमा ल्याएकोले क्लबका सञ्चालक यादवलाई धन्यवाद दिएका थिए ।

मन्त्री यादवल, अहिलेको समयमा खेलाडी, कलाकार, कर्मचारी लगायत बसै वर्गलाई शारिरीक तन्दुरुस्ती आवश्यक रहेको बताउनुभयो । जिम सेन्टर दैनिक बिहान ५ बजेदेखि १० बजेसम्म र दिउँसो ४ बजेदेखि राती ९ बजेसम्म खुल्न संचालक राकेश यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!