काठमाण्डौ – उत्तर कोरियाली नेता किम जोङ उनले चीनले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई भर्खरै त्यो खोप दिइएको बताएका हुन् ।

 

ह्यारी काजियानियासले लेलेको एक लेखमा उत्तर कोरियाली नेता किम, वरिष्ठ सरकारी अधिकारीहरू र किमका परिवारका सदस्यहरूले एकरदुई हप्ताभित्रै चीनमा निर्माण गरिएको खोप लगाएको बताइएको छ ।

 

काजियानियास अहिले वाशिङ्टनमा रहेको सेन्टर फर नेशनल इन्ट्रेस्ट थिङ्क ट्याङ्क संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ठ निर्देशक छन् ।

 

लेखमा उनले दुई जना अपरिचित जापानी गोप्य स्रोत उल्लेख गरेका छन् । तर चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उनका परिवारका सदस्यले लगाएका हुन् भन्ने खुलाइएको छैन ।

 

चीनमा अहिले तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा रहेका छन् । तीमध्ये एउटा खोप चीनभित्रै झण्डै १० लाख व्यक्तिलाई लगाइएको छ । तर खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निर्क्योल हुन सकेको छैन ।

 

उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणका बारेमा केही जानकारी सार्वजनिक गरिएको छैन । तर गएको जनवरीदेखि नै उत्तर कोरियाली सीमामा निकै कडाइ गरिएको छ ।

एजेन्सी

२०७७ मंसिर १७, बुधबार ०६:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय