सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको विषयमा व्यापक अालाेचना भएपछि जिल्ला सरकारी वकिलकाे कार्यालयले पुनरावेदन गर्ने भएको छ। सरकारी वकिलको कार्यालयले आरोपितकाे मात्रै एकतर्फी बयान सुनेर फैसला गरेपछि कार्यालयले पुनरावेदन गर्ने तयारी थालेकाे हाे ।
सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदासले आफ्नै अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेको विषयमा प्रस्सत प्रमाणहरू भएपनि उनले जिल्ला अदालतबाट सफाइ पाएका थिए ।
सर्वोच्च अदालतले १० दिन थुनामै राख्न आदेश दिएपनि साे आदेशकाे विरूद्धमा गइ संविधानकाे मर्म र भावनामै ठाेस पुग्नेगरी जिल्ला अदालतकाे उक्त फैसला बाहिर आएकाे हाे ।
जिल्ला अदालतले अभियोग दाबी पुष्टि हुने प्रमाण नपुगेकाले गर्दा सफाइ दिएको ठहर गरेको छ। जिल्ला अदालतको फैसलाप्रति महान्यायाधिवक्ता कार्यालयले समेत आपत्ति जनाएको छ।