राजविराज : नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ सगरमाथा शाखाको १०औं बार्षिक साधारण सभा तथा चौथौ शाखा अधिवेशन  शनिवार स्थानीय साह धर्मशालामा सम्पन्न भयो जसबाट बेल्टार (उदयपुर)का प्रलादकुमार कटुवालको नेतुत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ ।

राजविराज स्थित साह सेवा सदनमा प्रदेश सभासद तथा २ नं. प्रदेशका भुमि सुधार व्यावस्था, कृषि तथा सहकारी एवं गरिबी निवारण मन्त्री माननीय शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि साहले आउँदो समयमा राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेकोले पशुपंक्षी औषधीको क्षेत्रलाई समेत उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । प्रमुख अतिथिद्वारा पानसमा दियो प्रज्वलित गरी कार्यक्रमको उदघाटन गर्दै पशुपंक्षी औषधिका व्यापारीहरुलाई उचित तालिम र प्रशिक्षण दिलाउन तथा दर्ता प्रक्रिया व्यवस्थित गर्न राज्यले उचित कानून निर्माण गराउने तर्फ कार्य प्रारम्भ गरेकोले चाँडै पूरा गर्ने वाचा गर्नु भयो । उक्त समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले सो कार्यको लागि पशु औषधि व्यावसायीहरु सजग हुनु पर्ने र समयमै राज्य सयन्त्रको ध्यानकर्षणा गराउनु पर्ने आवश्यकता औंल्याउनु भयो ।

उक्त अधिवेशनमा बिशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको केन्द्रीय प्रथम उपाध्यक्ष यज्ञराज ढकालले राज्यले कृषि औषधी र पशु औषधि बिक्रेतालाई अलग अलग दर्ता प्रक्रियामा लानाले यस क्षेत्रका व्यावसायीमा समस्या उत्पन्न भएको बताउनु भयो । केन्द्रिय उपाध्यक्ष ढकालले यस क्षेत्रका व्यावसायीलाई समय अनुसार परिवर्तन हुन र प्रतिस्पर्धामुखी भई गुुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नु भयो । उक्त अधिवेशनको उदघाटन सत्रमा संघका केन्द्रिय उपाध्यक्ष नारायण प्रसाद यादव, प्रदेश नं. २ का उपाध्यक्ष प्रदीप दहाल, संघको कोशी शाखाका पूर्व अध्यक्ष बिष्णु प्रसाद निरौला, निर्वाचन अधिकृत सतीश कुमार दत्त लगायतका बक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

अधिवेशनको बन्द सत्रले शाखाको सचिव विद्यानन्द चौधरीको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्र नारायण दासले प्रस्तुत गर्नु भएको लेखा प्रतिवेदन अनुमोदन गर्दै बेल्टार, उदयपुरका प्रलादकुमार कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा राजविराजका सन्तोषकुमार सिंह, सचिवमा राजविराज कै चन्द्र नारायण दास र कोषध्यक्षमा पोर्ताहा (सप्तरी)का हरिनारायण विराजीलाई निर्विरोध निर्वाचन गरिएको निर्वाचन अधिकृत सतीश कुमार दत्तले बताउनु भयो । नव निर्वाचित कार्य समितिको सदस्यहरुमा सितापुर प्रसबनी (सप्तरी)का श्यामकुमार चौधरी, बरमझिया (सप्तरी))का नरेन्द्र कुमार चौधरी र फत्तेपुर (सप्तरी)का महेश कुमार श्रेष्ठ रहनु भएको निर्वाचन अधिकृत दत्तले बताए ।

शाखाका अध्यक्ष रामाकान्त चौधरीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको सञ्चालन संघका सदस्य श्यामकुमार चौधरीले गर्नु भएको थियो । उक्त अवसरमा शाखा अध्यक्ष चौधरीले प्रमुख अतिथि मन्त्री साहलाई र मन्त्री साहले अन्य अतिथि तथा सदस्यलाई सम्मान समेत गर्नु भएको थियो । निर्वाचनको परिणाम घोषणा लगत्तै प्रमुख निर्वाचन अधिकृत दत्तबाट नव नियुक्त अध्यक्ष कटुवालललाई र कटुवालबाट निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएर पदस्थापन समेत गरिएको थियो भने लगतै कार्यसमितिबाट मनोनीत गरिने १जना सदस्य पदमा राजविराजका सूर्यनारायण यादवलाई सदस्यमा मनोनयन गरिएको नव निर्वाचित सचिव चन्द्र नारायण दासले बताउनु भयो ।

२०७७ पुष २६, आईतवार ०८:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय