जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कम्युनिष्टलाई दुई तिहाइ मत दिएर जनताले ठूलो भूल गरेको बताउनुभएको छ । जसपाले आज जनकपुरधाममा आयोजना गरेको विरोधसभामा नेता महतोले भन्नुभयो, “प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथिको प्रहार हो ।”

वर्तमान संविधानलाई विश्वकै उत्कृष्ट भनिएकामा किन समस्या आयो भनी नेता महतोले प्रश्न गर्दै भन्नुभयो, “अहिलेको संविधान सबै जनताको नभएकाले समस्या आएको हो ।” उहाँले अमेरिकामा २०० वर्ष र भारतमा ७० वर्षदेखि एउटै संविधान रहेको तर हाम्रो देशमा सात–सातवटा संविधान बनिसके पनि मधेशी जनता आफ्नो अधिकार पाउनबाट अझ वञ्चित हुनु परेको बताउनुभयो ।

जसपाका नेता शरत्सिंह भण्डारीले संसद् विघटनपछि मुलुकमा राजनीतिक अस्थिरता आएको धारणा व्यक्त गर्नुभयो । विरोधसभामा जसपाका नेताहरु रेणुकुमारी यादव, वृषेशचन्द्र लाल, उमाकान्त झा, जितेन्द्र सोनललगायत नेताहरुले समेत आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

२०७७ पुष २७, सोमबार १८:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय