
एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल घरेलु मैदानमा पराजित भएको छ ।
बिहीबार राति बर्नलीसँग १-० गोल अन्तरले पराजित भएसँगै लिभरपुलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।
लिभरपुल ६८औँ खेलसम्म घरेलु मैदानमा अपराजित रहेको थियो । लिभरपुलको यो सिजनको तेस्रो हार हो ।
बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले निर्णायक गोल गरे । उनले खेलको ८३औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।
हारपछि लिभरपुल ३४ अंकसहित चौथो स्थानमा रहेको छ । बर्नली १९ अंक जोडेर १७औँ स्थानमा उक्लिएको छ ।