सञ्जय मिश्रा
रौतहट, १५ असार। रौतहट प्रहरीले चेक अनादर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका चारजना प्रतिवादीलाई पक्राउ गरेको छ।

फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले बुधबार उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ पर्नेमा कटहरिया नगरपालिका–६ का रामअशिश सहनी र शशी किशोर सहनी, चन्द्रपुर नगरपालिका–६ का शशी गुप्ता तथा चन्द्रपुर नगरपालिका–९ का कमल कुमार चौधरी रहेका छन्।

उनीहरू सबै चेक अनादर मुद्दामा जिल्ला अदालतबाट जनही एक हजार रुपैयाँ जरिवाना हुने फैसला भएपछि फरार रहेका थिए। पक्राउ परेका चारै जनालाई फैसला कार्यान्वयनका लागि बुधबार नै जिल्ला अदालत गौरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

यससँगै उनीहरूबाट कुल चार हजार रुपैयाँ जरिवाना असुल हुने भएको छ। फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


२०८३ असार १८, बिहीबार १२:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय