एजेन्सी : भारतको उत्तरी क्षेत्रमा भूकम्प गएको छ । शुक्रवार राति १० बजेर ३१ मिनेट जाँदा भूकम्प आएको बताइएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, १०ः३१ बजे ६.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

यस्तै एएनआइले नै राष्ट्रिय भूकम्प मापन केन्द्रसँगको वार्तापछि ६.१ रेक्टर स्केल भूकम्प गएको बताएको छ । उसले राति १०ः३४ बजे ६ं१ रेक्टर स्केलको भूकम्प गएको बताएको छ । भूकम्पपछि दिल्ली–एनसीआरमा रहेका अधिकांश मानिस बाहिर निस्किएका थिए ।

सडकमा सवारी साधन चलाइरहेकाहरू पनि भूकम्पका समयमा रोकिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका थिए । भूकम्पले केकति क्षति पुर्‍यायोे भन्नेबारे आइसकेको छैन । मानवीय क्षति भने नभएको एजेन्सीले बताएको छ ।

२०७७ फाल्गुन १, शनिबार ०७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय